चन्द्र बहादुर भण्डारी
शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला ।
कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भएका छन् ।
एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ ।
हाम्रो देश नेपालको शिक्षा प्रणाली हेर्ने हो भने धेरै खालका भिन्नता देखिन्छ । कतिपय क्षेत्रहरुमा अहिलेसम्म पनि प्राथमिक बिधालयसमेत उपलब्ध छैन । त्यही अन्धकार समाजमा गुन्जिएर शिक्षावाट बन्जित भैरहेका छन् । त्यसैले गर्दा एउटा असल व्यक्ति बनाउनको लागि पनि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ ।
अखिल क्रान्तिकारी अछाम-काठमाण्डाैं सम्पर्क मञ्चका अध्यक्ष भण्डारी हाम्रा नियमित स्तम्भकार हुन् ।