कैलालीबाट एकै दिन चोरी मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीबाट एकै दिन प्रहरीले ४ फरार प्रतिवादी पक्राउ परेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा १२ हजार ५ सय जरिवाना ठहर भएका कैलारी गाउँपालिका – ६ का अशोक चौधरी, बिना ईजाजत वन पैदावार काटी ओसार पसार मुद्दामा ५ हजार ३६ रुपैयाँ जरिवाना ठहर भएका कैलारी गाउँपालिका– ६ का राम कुमार चौधरी रहेका छन् ।

यस्तै, चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका– ८ का प्रेम चौधरी र चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका – ८ का शिवराज चौधरी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.