धनगढी। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। प्रदेश सभा सदस्यको मत गणना सम्पन्न भएको छ, त्यसमा सबैभन्दा बढी महिलातर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादीकी रेणु चन्दले ४१ मत पाएकि छन् । अहिले स्थानीय जनप्रतिनिधिको मत गणना भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको एक मत बदर भएको छ । राष्ट्रिय सभा सदस्यको लागि भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको अन्य कलस्टरको एक मत बदर भएको छ । यहाँ अन्यबाट गठबन्धनबाट कांग्रेसका बलदेव बोहरा र एमालेका ईश्वरी खरेल को प्रतिस्पर्धा छ ।
५२ मध्ये कांग्रेसका बोहराले ३९ जनाको मत पाउँदा एमालेका खरेलले ११ जनाको मत पाएका छन् । महिला तर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादीकी रेणु चन्दले ४१ जनाको मत पाउँदा एमालेकी सावित्री घिमिरेले ११ र अपाङ्गता तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४० मत पाउँदा एमालेका रामचन्द्र जोशीले १२ मत पाए ।