कर्णालीमा मोटरसाइकल खस्दा ढकाल दम्पतीको मृत्यु

धनगढी। कैलालीको मोहन्याल गाउँपालिकास्थीत कर्णाली नदीमा मोटरसाइकल खस्दा एक दम्पतीको मृत्यु भएको छ। कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधवार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो।

बुधवार साँझ ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए। साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो।

मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन्। ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गर्थे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.