लोक सेवाले खोल्यो दुई सय ९१ जना नायव सुब्बाको आबेदन

काठमाडौ । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो । 

जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन् । 

आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन  २६ गते हुने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.