धनगढी लेडी जेसिजको अध्यक्षमा प्रिया खड्का

धनगढी । कैलाली धनगढी लेडी जेसिजको अध्यक्षमा प्रिया खड्का निर्बाचित भएका छन् । जेसिजको १० औ शाखा अधिवेशन तथा बार्षिक साधारण सभाबाट बर्ष २०२४ को अध्यक्षमा खड्कालाई निर्विरोध निर्वाचित गरेको हो।

सस्थाको कार्यकारी उपाध्यक्षमा जेसी पार्वती भट्ट र जेसी सम्झना खड्का यस्तै, कानुनी सल्लाहकारमा जेसी बसन्ति ऐर निर्बाचित भएका छन् । यस्तै, महासचिव जेसी गिता चौधरी, कोषाध्यक्ष जेसी संगिता न्यौपाने र उपाध्यक्षमा जेसी कल्पना खड्का, जेसी निर्मला बिष्ट, जेसी रक्षा सिंह जेसी लक्ष्मि सिंह रहेको बताइएको छ ।

धनगढि महिला जेसिजकाे १० औ  शाखा अधिवेशन तथा बार्षिक साधारणसभा धनगढीस्थित ईमेज हाेटलमा पुस १५ गते सम्पन्न भएको थियो।धनगढी लेडी जेसिजले बिगत देखि युवा महिलाका साथै बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.