डा. गोबिन्द केसीद्वारा अनसन अन्त्य

धनगढी। स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थालेका डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी रेनुका चौधरी र धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर आज उनले अनसन तोडेका हुन्। डा. केसीले गएको शुक्रबारबाट तीन दिनका लागि अनसन थालेका थिए। 

अनसन तोड्दै उनले सुदूरपश्चिमका जनताको सहज स्वास्थ्योपचारका लागि आफूले अनसन बसेको बताए। सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पढाइ र दक्ष जनशक्ति उत्पादनका लागि आफूले यो लडाइ लडिरहेको स्पष्ट पार्दै उनले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुमा आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारे।

“मैले यहाँकै जनताको सुलभ रूपमा स्वास्थ्योपचारका लागि अनसन बसेको हो । यसमा मेरो आफ्नो कुनै स्वार्थ छैन” केसीले भने, “यसका लागि म लडिरहनेछु । कोही कसैसँग डराउने वाला छैन ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.