पन्ध्र लाख बरावरको पटाका नष्ट, भारतीय लभ दास पक्राउ

धनगढी। प्रहरीले बिहीबार ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका नष्ट गरेको छ । सर्लाही प्रहरीले कात्तिक २० गते सदरमुकाम मलङ्गवा नगरपालिका ८ स्थित उमेशकुमार शुक्लाको घरमा छापा मारेर फेला पारेको तथा मातहतका युनिटले विभिन्न मिति र स्थानबाट बरामद गरेको पटाका बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवा परिसरमा पत्रकार सम्मेलन गरी खाल्डोमा पुरेर नष्ट गरेको हो । 

भारतबाट नेपालतर्फ ल्याउँदा बरामद भएको इलेक्ट्रिक झिरझिरे १५ कार्टुन, फलावर पटका पाँच कार्टुन, नागिन पटाका छ बोरा ५३ बण्डल, फूलझरी दुई बोरा, कोबरा, बुलेट, फिस बम लगायत विभिन्न किसिमका १५ लाख ३५ हजार ३०० रुपियाँ बराबरको पटाका नष्ट गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

यस्तै, सर्लाही प्रहरीले बिहीबार बिहान दुई लाख ३२ हजार १३० रुपियाँ बराबर पर्ने एक केजी ९५० ग्राम चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका–८, लच्कास्थित बाटोमा चाँदीका अवैध गरगहना बोकेर हिँडिरहेका भारत सितामढी बसतपुर ग्राम पन्चायत वडा ७ बस्ने १९ वर्षीय लभ दासलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.