भूकम्प प्रभावितको अवलोकन तथा उद्धारमा प्रधानमन्त्री प्रचण्ड जाजरकोट रुकुम पश्चिमतिर

सुर्खेत । शनिबार बिहानैदेखि जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकन तथा उद्धारमा खटिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को प्रभावित क्षेत्र रुकुम पश्चिमतिर लागेका छन् । लगत्तै उनी दोस्रो बढी प्रभावित जिल्ला रुकुम पश्चिम केन्द्रित भएका हुन् ।

प्रचण्ड आजै बिहान सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

‘डाक्टर र औपधि ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ उनले भने । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजीवविक्रम शाह पनि अस्पताल पुगेका थिए ।

जाजरकोटका पीडितलाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम फर्किएका छन् । रुकुमको आठविसलगायतका क्षेत्रमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.