राष्ट्रियसभाको निर्वाचन माघ १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि माघ १० गतेको मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि  निर्वाचन गर्न आयोगले आगामी माघ १० गतेको मिति प्रस्ताव गरेको हो ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो प्रस्ताव गरेका हुन् ।आगमी माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न सरकारले निर्णय गर्नुपर्ने आयुक्त  थपलियाले बताए ।

आगमी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रिय सभाको पदावधी समप्त हुनु भन्दा एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रवधान रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.