Dashain Suvakamana

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Ajai

धनगढी।  कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका –६, खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो।

चौधरीको टाउको र खुट्टामा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.