अपाङ्गताको पारा बास्केट बलमा लुम्बिनी प्रथम

धनगढी। सुदूरपश्चिमको धनगढीमा सम्पन्न अन्तर प्रदेश पारा बास्केटबलमा लुम्बिनी प्रदेशको टिम प्रथम भएको छ । अपाङ्गता भएका व्यक्तिले खेल्ने उक्त पारा बास्केटबल प्रतियोगितामा प्रथमसँगै लुम्बिनी टिमले गोल्ड मेटलसहित नगद २५ हजार रुपियाँ पाएको छ ।

यस्तै, प्रतियोगितामा कर्णाली प्रदेश टिम दोस्रो र सुदूरपश्चिमको धनगढी टिम तेस्रो भएका छन् । दोस्रो र तेस्रोले क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन् । प्रतियोगीताका उत्कृष्ट खेलाडी  लुम्बिनीका खुमबहादुर पाण्डेले प्रमाणपत्रसहित नगद पाँच हजार प्राप्त गरे । विजेता खेलाडीलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले पुरस्कार वितरण गरेका थिए।

सुदूरपश्चिम खेलकुद परिषद्को आर्थिक सहयोगमा समावेशी पारा एथलेटिक्स स्पोर्टस क्लब धनगढीको आयोजनामा भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका कञ्चनपुर, धनगढी र टीकापुर गरी तीन टिम यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एक/एक टिम सहभागी थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.