रेबिज दिवसको अवसरमा कैलालीका ६ हजार कुकुर बिरालोलाई खोप

धनगढी । विश्व रेबिज दिवसको अवसरमा कैलाली जिल्लामा ६ हजार कुकुर बिरालोलाई रेबिज बिरुद्धको खोप लगाइएको छ । सप्ताह ब्यापिरूपमा संचालित निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम जिल्ला भरका सबै स्थानीय पालिका र वडासम्म पुगेको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कैलालीले जनाएको छ ।

बरिष्ठ पशु बिकस अधिकृत एबम कार्यालय प्रमुख डा. हेमराज अवस्थीले अभियानको छोटो अवधिमा यति ठूलो संख्याका पशुमा खोप लगाइएको यो पहिलो पटक भएको जानकारी दिए । उनका अनुसार सामुदायमा छाडा रहेकासँगै घर पालुवा कुकुर बिरालोमा खोप लगाइएको हो । प्राणघातक रोग रेबिजलाई इतिहासमा सिमित गर्न सबै मिलि काम गरौं भन्दै उनले अभियान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ब्यक्त गरे ।

उनले रेबिज रोगको जोखिममा रहेका र धेरै संख्यामा सामुदायिक कुकुरहरू भएका स्थानमा निरन्तर रूपमा निशुल्क खोप कार्यक्रम सन्चालन भैइरहने समेत बताए ।May be an image of 9 people

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.