प्रदेशसभाका विषगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिलाई पूर्णता दिन आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार चार वटा विषयगत समितिलाई पूर्णता दिलाउन आज (आइतबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरिन लागेको हो ।

सभामुख भीमबहादुर भण्डारीले विषयगत समितिको सभापतिका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए। अहिले त्यही विषयमा छलफल गर्न प्रदेश सभा सदस्यहरुलाई बोलाएको भन्दै उनले निर्वाचन कार्यतालिका अनुसार समितिको सभापतिका लागि अघि बढाइने बताए । सभापति चयन भएपछि विषयगत समितिले पूर्णता पाउने उनको भनाई छ ।

प्रदेशको विषयगत समिति गठन भएको पाँच महिना भइसक्दा समेत समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बसाउनु पर्ने बाँध्यता रहेको छ । यसअघि जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.