धनगढी । कञ्चनपुरमा रहेकाे नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) ले अपाङ्गता भएका ब्यक्तिकाे पुनर्स्थापना बारे कैलालीकाे धनगढी छलफल चलाएकाे छ । संघका प्रतिनिधी टेकवहादुर बुढाकाे नेतृत्वमा आएकाे टीमले एक कार्यक्रमकासाथ शुक्रवार धनगढीमा स्थानीय जनप्रतिनिधि र सराेकारवालाकाे सहभागितमा अपाङ्गता भएका ब्यक्तिहरुसँग छलफल गरेकाे हाे ।
अपाङ्गताको अवस्था, पुनर्स्थापना र नेपाल राष्ट्रिय समाज कल्याण संघ NNSWA को सेवाबारे धनगढी उमहानगरपालिका ३ बडहरामा रहेकाे अपाङ्गता सहायता प्रतिष्ठान नेपाल (Disabaled Help Faundation Nepal)मा आवद्ध २५ जना अपाङ्गता भएका नागरिकहरुसँग अन्तरकृया गरेकाे थियाे ।
अपाङ्गता सहायता प्रतिष्ठान नेपालका अध्यक्ष भवानी ऐरकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथीमा ३ नम्बर वडाका कावा अध्यक्ष श्रीमति मिना मल्ल सिंह रहेका थिएभने नेपाल राष्ट्रिय समाज कल्याण संघका अधिकृत टेकवहादुर बुढाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी मान वहादुर बस्नेत, पिङ्कु पडाल, लक्ष्मी पुरी, श्याम सुवेदी, करीष्मा चाैधरी, मञ्जु चाैधरी, भीम बिक लगायतले अपाङ्गता सहायक सामाग्रीबारे जिज्ञासा राखेका थिए ।
अपाङ्गताको अवस्था, पुनर्स्थापना र आवश्यक सहायक सामाग्रीकाे बारेमा अपाङ्गता अपाङ्गता भएका ब्यक्तिहरुकाे कार्यालयमै आएर जानकारी दिएकाेमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA)प्रति आभार ब्यक्त गर्दै अध्यक्ष भवानी ऐेरले आगामी दिनमा पनि सहकार्यकाे अपेक्षा राखेका थिए । यस्तै प्रमुख अतिथि तथा जनप्रतिनिधि मिना सिहले कार्यक्रम आयाेजक र समन्वयकर्तालाई धन्यवाद दिंदै कार्यक्रमबाट आफुले पनि अपाङ्गता सम्बन्धि धेरैकुरा बुझ्ने माैका पाएकाे बताए । 