विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु

धनगढी । जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु भएको छ। धनगढी–३ की अन्दाजी ३२ वर्षीया  मञ्जु कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक महिलाको शव पाेष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ।

यस्तै घटनास्थलमा भारतबाट भन्सार चोरी निकासी गरि ल्याइएका केही सामानहरु भेटिएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.