कृषकबाट घुस लिएकाे आरोप लागेका कृषि अधिकृतले दिए राजीनामा

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् ।सेवाग्राहीसँग घुस मागेको आरोप लागेका अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्।

नगरपालिकाको कृषि शाखाका अधिकृतले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन् ।

आरोप लागेको थाहा भएकै दिन ३ दिने स्पष्टीकरण सोधिए पनि जवाफ प्राप्त नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले बताए । उनले जवाफ पेश गर्नुपर्ने दिन कटेपछि भट्टको राजीनामा पत्र आएको जानकारी दिए ।

नगरपालिकाले यही साउन २१ गतेसम्मका लागि भनेर भट्टलाई स्पष्टीकरण सोधेको थियो । तर भट्टले स्पष्टीकरण नदिएर साउन २२ गते नगरपालिकामा राजीनामा पत्र बुझाएका हुन् । उनले आफूले अध्ययन गर्नुपर्ने लगायतका समस्या देखाएर राजीनामा बुझाएको बताइएको छ । राताेपाटीबाट

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.