Dashain Suvakamana

भिरमा जीप खस्दा चार जनाकाे मृत्यु, पाँच घाईते

Ajai

धनगढी । जिप सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चार जनाकाे मुत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन्। मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ । 

मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।

गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.