Dashain Suvakamana

ब्राउन सुगर ओसार्ने सशस्त्र प्रहरी पक्राउ

Ajai

धनगढी । कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर १० दोदा नदीको पुलबाट शनिवार साँझ दुई जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेकोे छ।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक दशमलव दुई ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.