सुदूरपश्चिम सरकार बिस्तार हुँदै, रामेश्वर चौधरी कृषिमन्त्री बन्दै

धनगढी। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदैछ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ । उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ ।

आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए । उनका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै छनभने , कैलाश चौधरी राज्यमन्त्री बन्ने तय भएको छ ।

यसअघि, मन्त्री बन्ने दौडमा रहेका सो पार्टीका लक्ष्मण किशोर चौधरी भने तत्कालको लागि पछाडि हटेका छन् । “हामीले दुई वटा मन्त्रालय माग गरिरहेका छौँ”, दलका नेता चौधरीले भने,“छलफल अझै जारी छ ।” उन्मुक्तिले थप अर्को मन्त्रालय पाएमा लक्ष्मण किशोर चौधरी पनि मन्त्री बन्ने जनाइएको छ । मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण सम्भवतः आज दिउँसो २ बजेपछि हुने उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा संयुक्त सरकार छ । जसमा काँग्रेसले दुई, माओवादीले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालय लिएका छन् । नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री पृथ्वीबहादुर सिंहको गएको महिना सडक दुर्घटनामा निधन भएपछि सो मन्त्रालय खाली छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.