यस्ताे आयाे आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति

काठमाडौँ । नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित गरेको छ । आज बिहान ९ बजेदेखि मौद्रिक नीति पारित गर्न केन्द्रीय बैंकको बोर्ड बैठक बसिरहेको थियो । 

बैठकले भर्खरै राष्ट्रबैंकको अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेको स्रोतले जानकारी दियो । अब मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गर्ने र त्यसपछि दिउँसो ३ बजे गभर्नरले याक एण्ड यति होटलमा पत्रकार सम्मेलनमार्फत नीतिहरुको विषयमा थप प्रष्ट पार्ने कार्यक्रम छ । 

निजी क्षेत्रले अपेक्षा गरेजस्तो मौद्रिक नीति धेरै लचिलो छैन । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउने, ब्याजदर घटाउने, ठप्पप्राय बनेको कर्जा प्रवाहलाई गतिशील बनाउने लगायतका नीतिहरु लिएको छ । यसका लागि केन्द्रीय बैंकले केही पोलिसी रेटहरु पनि चलाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.