बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु, २५ बढी घर बगायो

धनगढी। गुरुङहरुकाे घना बस्तीमा पहिरो जाँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ मा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए ।

सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुराएको र स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेको बताए । पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको राउतले जानकारी दिए । मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।

बिहीबार रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीयहरू शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष राउतले बताए । थप २५ वटा बढी घरमा र गोठहरूमा क्षति पुगे पनि क्षतिको यकिन गर्न बाँकी रहेको उनको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.