कैलालीका सिडिओ सवार गाडी दुर्घटना

धनगढी।  कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो।

गत बिहिवार सुर्खेत र नेपालकञ्जको सीमा क्षेत्रमा कैलालीका सिडिओ सवार गाडी दुर्घटना भएको छ। उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभाग हुन बुधवार सुर्खेत गएका थिए। सुर्खेतबाट फर्किदा उनी सवार गाडी दुर्घटनामा परेको हो।

सुर्खेतसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरुको सम्मेलनमा सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.