होटलभित्र एक युवा र एक युवती मृत अवस्थामा फेला

काठमाण्डौ नयाँ वसपार्कको गोङ्गबुमा रहेको एक होटलमा एक युवा र एक युवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ मा रहेको ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । 

होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उहाँले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.