धनगढी उपमहानगरमा डिजिटल वडापत्र सञ्चालन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सेवा लिनमा सहजताका लागि उपमहानगरपालिकाले मङ्गलबारबाट डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको हो। 

नागरिक वडापत्रमा उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, सेवा उपभोगको प्रक्रिया, आवश्यक कागजात र लाग्ने दस्तुर लगायतको बारेमा जानकारी राखिएको छ। यी सबै कुरा सेवाग्राहीले आफै डिजिटल बोर्डमा शाखा छानेर हेर्न सक्ने व्यवस्था गरिएको छ। उपमहानगरपालिकामा सेवा लिन आएका सेवाग्राहीहरूले आफूले लिने सेवाको बारेमा डिजिटल नागरिक वडापत्रबाट जानकारी लिएर छिटोछरितो रूपमा सेवा लिन सक्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए। 

कतिपय सेवाग्राहीले सेवा लिने तरिका नबुझ्दा काम नभएको गुनासो गर्दै आएका थिए। उनले भने ‘अब त्यस्तो गुनासा पनि हल हुने भयाे।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.