धनगढी । धनगढीका विधालयमा आइतवारदेखि गर्मी बिदा हुने भएको छ। अत्याधिक गर्मी हुनथालेपछि धनगढी उपमहानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो।
वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ। साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत नगरपालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ।