धनगढी। कैलालीको एक गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन । उनीहरू शनिवार साँझबाट सम्पर्कविहीन रहेको परिवारले जनाएका छन् ।
किशोरीहरू सम्पर्कविहीन भएपछि खोजबिनका लागि परिवारजनले इलाका प्रहरी कार्यालय हसुलियालाई आग्रह गरेका छन् । जमुनीपुरका १४ वर्षीया अविक्षा चौधरी, १७ वर्षीया सुविक्षा चौधरी र १७ वर्षकै बबी चौधरी बेपत्ता रहेका प्रहरी नायब निरीक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिए । उनले परिवारको जानकारीपछि प्रहरीले खोजी कार्य सुरु गरेको बताए ।
शनिबार साँझ सात बजेतिर उनीहरू घरबाट फरार भएर बेपत्ता भएको बताइएको छ । उनीहरूले बोकेको मोबाइल पनि स्विच अफ रहेको सुविक्षाकी आमा जग्माले बताइन्।