जीप दुर्घटना हुँदा विशु खान घर फर्केका छ जनाकाे मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएकाे छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन्।  

उनीहरू सबै एकै गाउँका हुन्। जीप सवार अन्य पाँचजना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ  चालक सम्पर्कविहीन छन्।​

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएकोले  बिशु मनाउन सबै जना भारतवाट घर फर्केकाे हुनसक्ने प्रहरीकाे भनाई छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.