महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु

धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु भएको छ । उपकरणहरू जडान भएको लामो समय भएपनि सञ्चालनमा नआए उक्त सेवा शुक्रबार स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेपछि सुरु गरिएको हो ।

शुक्रबार पहिलो दिन कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीका नन्दराज जोशीले सेवा लिएका छन् । तीन वर्षदेखि मिर्गौला बिरामी उनी कैलालीको धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा डायलसिस गराउँदै आएका थिए । महाकाली प्रादेशिक अस्पतालमै सेवा पाएपछि जोशी निकै खुसी भएका छन् । धनगढी आउने जाने झन्झट अनि पालो कुर्नुपर्ने बाध्यता लगायतले निकै सास्ती पाउने उनलाई अब भने केही सहज हुने लागेको छ ।

डायलसिस सेवाका लागि ५ बेडको व्यवस्था गरिए पनि पहिलो चरणमा दुई बेडबाट दैनिक २ जनालाई सेवा दिने लक्ष्य रहेको महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेर सेवा सुरु गर्ने अनुमति दिए पनि सूचीकृत हुन नसकेकाले तत्काल पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.