खैरो हेरोइन सहित धनगढीमा २ युवक पक्राउ

धनगढी । धनगढीमा अवैध लागू औषध खैराे हिराेईनसहित २ युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागू औषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ युवकलाई कैलाली  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.