३ बजे मन्त्रीहरुको शपथ, सत्तागठबन्धन दलसँग प्रधानमन्त्रीले मागे नामावली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र सत्तागठबन्ध दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दलहरुको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुने जानकारी दिए । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले खाली मन्त्रालयमा नयाँ गठबन्धनबाट मन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । तर मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.