आज चैतेदशैँ, भगवती देवीको उपासना गरी मनाइँदै

धनगढी । चैत्र शुक्ल अष्टमी अर्थात् आज चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ।

शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

चैतेदशैँका अवसरमा  देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशु बलिसहित पूजा गर्ने विधान छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.