सुदूरपश्चिम सरकार ढलेपछि रञ्जिताले भनिन्,-‘सबैले प्रयोग गर्ने साधन बनेनाैं’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्य अझै टीकापुर घटनाप्रति अनुदार भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि उनले सरकारमाथि यस्तो आरोप लगाएकी हुन्। उनले आफूहरू विचारमा कटिबद्ध रहेको र सबैले प्रयोग गर्ने साधन नबन्ने स्पष्ट पार्दै समाजिक सञ्जालमा भनेकी छन् ‘हामी विचारमा कटिबद्ध छौं। सबैले सधैं प्रयोग गर्ने साधन होइनौं।

यो देश हाम्रो पनि हो। देशको शासन प्रशासनमा हाम्रो पनि सहभागिता रहनुपर्छ। भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो। मूलबासीको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुन सक्दैन। त्यसैले जनभावनाको कदर गरौं।’ 

‘टीकापुर घटनाप्रति मानवअधिकारकर्मीहरूले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरूको ताँती पनि लामै छ। तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं। राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारूलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ?,’

उनले भनिन्, ‘झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ।’ 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.