सेती नदिमा हाम फालेर वडाध्यक्षका छोराले गरे आत्महत्या

बझाङ । नदीमा हाम फालेर बझाङमा एक वडाध्यक्षका छोराले आत्महत्या गरेका छन्। सेती नदीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए। प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो।

थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.