कैलालीकाे धनगढी आसपासमा दादुरा फैलिदै

धनगढी । केही दिनअघि धनगढीमा देखिएकाे दादुरा राेग कैलालीमा तीन स्थानीय तहमा फैलिएकाे छ। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्।

धनगढीको वडा नम्बर १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएपछि अहिले गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १/१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने बताएका छन्। ‘जिल्लाको तीन स्थानीय तहका ७ जनामा दादुरा देखापरेको छ,’ उनले भने, ’संक्रमण अन्यत्र पनि फेलिए नफैलिएको यकिन गरेर तुरुन्तै खोप अभियान चलाउने तयारी भइरहेको छ।’ 

संक्रमण देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने उनकाे भनाई छ। सरकारले सन् २०२३ मा नेपालबाट दादुरा रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ। तर केही दिन अगाडि बाँके जिल्ला र अहिले आएर कैलालीमा दादुराको संक्रमण देखा परेको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.