सुदूरपश्चिम प्रदेशसभामा सभामुखको चुनाव हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि फेरि आज चुनाव हुने भएको छ । पुस २८ गतेको चुनावबाट सभामुख छानिन नसकेपछि फेरि आज साँझ ६ बजे चुनाव हुने भएको हाे ।

यसअघि पुस २८ गते प्रतिस्पर्धा गर्नु भएका सत्तारुढ पक्षका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलवीच नै चुनाव हुने भएको छ । प्रदेशसभा सचिवालयले जनाएकाे छ । सो निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि आज फेरि चुनाव हुने भएको हो ।

सभामुख नछानिएपछि अव कसरी जाने भन्ने अन्योलता सृजना भएको थियो । प्रदेश सभा सचिवालयले सो अन्योलता कसरी हटाउने भन्ने राय सुदूरपश्चिम प्रदेशको न्याधिवक्ता कार्यालयसंग मागेको थियो । न्यायधिवक्ताको कार्यालयले पुस २८ गते अहिलेकै प्रक्रियालाई नियमित गरेर सभामुख छान्न राय दिएपछि आज फेरि सभामुखको चुनाव हुने् भएको हो ।

यसअघि आज बसेको सर्वदलिय बैठकले आज (शनिबार) साँझ ६ बजे सभामुखको चुनाव फेरि गर्ने निर्णय गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.