पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलद्धारा शासकीय सुधार गर्न निर्देशन

धनगढी।  सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सपथ ग्रहणलगत्तै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले पहिलो निर्णय शासकीय सुधार गर्ने जनाएका छन्।

सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गरेका छन् ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.