सुदूरपश्चिममा माओवादीले दलको नेता छान्दै, भट्टको सम्भावना बढी

धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले आज संसदीय दलको नेता छनोट गर्ने भएको छ । संसदीय दलको नेतामा खगराज भट्ट चयन हुने सम्भावना बढेको छ।

सुदूरपश्चिममा दलको नेताका लागि भट्टसहित ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकांक्षी रहेका थिए । अन्तिम सम्ममा रावल र धामी पछि हटे पनि भाट र भट्ट बिच सहमति हुन नसक्दा हिजो सर्वसम्मत नेता छनोटमा सहमति हुन सकेको थिए । आज बिहान ९ बजेको लागि बोलाइएको बैठकमा सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने र त्यसमा भट्टको सम्भावना बढि रहेको माओवादी स्रोतको दाबी छ ।

खगराज माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य हुन् । भाट भने केन्द्रीय सदस्य हुन् । सुदूरपश्चिममा माओवादी केन्द्रका ११ सांसद छन् । अहिले भट्ट र भाट दुबैजना फरक फरक लाइनमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.