सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकार बनाउन बहुमत

धनगढी । प्रत्यक्षतर्फ बाजुराका २ क्षेत्रको परिणाम आउन बाँकी छदै सुदूरपश्चिम प्रदेशमा सत्तागठबन्धनले २२ स्थानमा जीत निकालेको छभने समानुपातिकतर्फ २२ सिटमध्ये बढी सिट गठबन्धनकै भागमा पर्ने मत परिणामले देखाएको छ। जस्ले गर्दा गठबन्धनलाई प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको हाे।

यसअघि २०७४ मा बाम गठबन्धनलाई दुई तिहाइ नजिक बहुमत दिएका सुदूरपश्चिमका मतदातले यो पटक पनि पाँच दलीय गठबन्धनलाई सहज हुने गरि मतदान गरेको प्रत्यक्षतर्फको मत परिणामले स्पष्ट देखाएको छ। प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसबाट सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। नेपाली काँग्रेसका कैलालीबाट प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम र कमलबहादुर शाह निर्वाचित भएका हुन्। कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर राना मगरले चुनाव जितेका छन्। यस्तै, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट नेपाली काँग्रेसका शिवराज भट्ट, दार्चुलाका विक्रमसिंह धामी, अछामबाट मेघराज खड्का र मानबहादुर रावल निर्वाचित भएका छन्।

सत्तागठबन्धनकाे अर्काे ठूलाे दल नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ ८ जना निर्वाचित भएका छन्। कैलालीबाट रमेश धामी, डडेल्धुराबाट खगराज भट्ट, अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउँद प्रदेश सभा सदस्यमा चुनिएका छन्। यस्तै, कञ्चनपुरबाट ओमविक्रम भाट, दार्चुलाबाट मानबहादुर धामी, बझाङबाट भीमबहादुर भण्डारी र डोटीबाट शिवसिंह ओली निर्वाचित भएका छन्।

नेकपा एकिकृत समाजवादीका तर्फ कैलालीबाट दीर्घबहादुर सोडारी, कञ्चनपुरबाट प्रकाश रावल र स्वतन्त्ररुपमा डडेल्धुराबाट डा तारा जाेशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। यो सँगै २२ सिट प्रत्यक्षमा जीतेको सत्ता गठबन्धनले समानुपातिकतर्फबाट प्राप्त गर्ने सिट संख्या जोड्दा सहजै सरकार बनाउन सक्ने देखिएको छ। तर सत्ता गठबन्धनले प्राप्त गर्ने प्रदेश सभा सदस्यको संख्या यकिन गरेर भन्न समानुपातिक मत गणनाको परिणाम आउनुपर्छ।

गठबन्धनले समानुपातिकबाट आउने सिटसमेत जोड्दा सहजै प्रदेश सरकार बनाउन बहुमत पुगेको छ। गठबन्धन दलका शिर्ष नेतृत्व पूर्व सहमतिबाट पछि नहटे पाँच दलीय गठबन्धनको बहुमतको सरकार बन्ने र सरकारको नेतृत्व नेपाली काँग्रेस वा माओवादी केन्द्रमध्ये एउटाले गर्नेछ। 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.