निर्वाचनका बेला नेपाल–भारत सीमा क्षेत्र ७२ घण्टासम्म बन्द रहने

धनगढी ।   नेपाल–भारत सीमा क्षेत्र निर्वाचनमा ७२ घण्टासम्म बन्द रहने भएको छ । नेपाल भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठकले नेपालको आसन्न निर्वाचनमा सीमा क्षेत्र वरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले ७२ घण्टासम्म सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । 

भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सम्मिलित सो बैठकलाई नेपाल तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन  घिमिरेले नेतृत्व गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.