शताब्दी पुरुष जोशीको निधनमा आज सार्वजनिक बिदा

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयद्वारा जारी सूचनमा जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको उल्लेख छ।

साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको जारी विज्ञप्तिमा उल्लेख  छ । जोशीको आइतबार बिहान निधन भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.