अत्तरिया बसपार्ककाे प्रतिक्षालयमा शव भेटियाे

धनगढी । कैलालीको अत्तरिया बसपार्कको एक पुरुषको वेवारिस शव फेला परेको छ। शनिबार बिहान ११ बजे गोदावरी नगरपालिका– २ अत्तरिया बसपार्कस्थित प्रतिक्षालयको पेटीमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार निलो जिन्स पाइन्ट, निलो रङको सर्ट, तालु खुइलिएको, मंगोलियन मुलुक जस्तो देखिने अन्दाजी ५५/६० वर्षीय ती पुरुषको पहिचान भएको छैन।

अहिले पोष्टमार्टमका लागि शव लाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको उनले बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.