धनगढीबाट बेपत्ता किशाेरीकाे चार दिनपछि भारतमा शव भेटियाे

धनगढी ।  धनगढीबाट बेपत्ता भएकी १५ वर्षिया एक किशोरीकाे चार दिनपछि नदी किनारमा शव भेटिएकाे छ । बैतडीको  दशरथचन्द नगरपालिका  वडा नं  ७ माइखर्कका दिपक शर्माकी छोरी आस्था शर्मा  शुक्रबार बिहान  कैलाली भएर बग्ने मोहना नदी किनारमा मृत भेटिएकी जिल्ला प्रहरी  कार्यालय  कैलालीले जनाएको  छ ।

सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो । यहि भदौ २० गते विहान ८ बजे धनगढि उपमहानगरपालिका  १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडि स्कुल जान्छु भनी घरबाट निस्केकी किशोरीको आज भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा शव फेला परेको बताएको छ ।

शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको  छ । अहिले  मृतकका आफन्त घटनास्थल पुगेका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.