चुनावपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले चुनावपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको  बताएका छन् । कर्णालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको भनाइ छ । 

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,‘कर्णाली माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक चाहन्छौं कि संघमा पनि प्रदेशमा दुबैमा सन्तुलित तरिकाको तालमेल होस् । हाम्रो कर्णालीको प्रभाव र जनमत अनुसार नै तालमेल हुने गरी अघि बढ्ने तयारी भइरहेको छ ।’ 

प्रचण्डले ०७४ मा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही रुपमा मिस गरेको बताए । ‘आगामी निर्वाचनमा त्यो मिस नहुनेगरि सन्तुलित तालमेल हुन्छ,’ उनले भने, ‘यसो भएको खण्डमा आउने दिनमा माओवादीको सरकार बनाउने स्थिति हुन्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.