धनगढी । सुदूरपश्चिमका सबै जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ । कुपोषणको समस्या न्यूनीकरण गर्न सरकारले बहुुक्षेत्रीय पोषण योजना कार्यक्रम सन् २०१३ देखि सञ्चालनमा ल्याएको थियो ।
मातृ तथा बाल्य अवस्थामा हुने कुपोषणलाई दुर्त गतिमा न्यूनीकरण गर्न सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा ३० जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रम दोस्रो चरण (सन् २०१८ देखि २०२२ सम्म)मा ७२ जिल्लामा सञ्चालन भएको थियो ।
कार्यक्रमको तेस्रो चरण सन् २०२३ देखि सुरु गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ । दिगो विकास लक्ष्यसँग जोडेर बहुक्षेत्रीय पोषण योजना सन् २०३० सम्म सञ्चालन गरिनेछ । यस कार्यक्रमले स्वास्थ्य, कृषि, पशु स्वास्थ्य खानेपानी, स्थानीय शासन, महिला बालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।