नाबालक छोराको हत्या आरोपमा बुवा पक्राउ

धनगढी | ३ वर्षीय छोराको हत्या गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन्। बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बरबहादुर बोहरा पक्राउ परेका हुन्।

उनी घरबाट साउन १६ गते ३ वर्षीय छोरालाई लिएर फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। नाबालकको खोजीका लागि आफन्तले निवेदन दिएपछि बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन्। बोहरालाई सोधपुछपछि उनले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरीले बताएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.