भारत भ्रमणमा रहेका प्रचण्ड के गर्दैछन् ?

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ के गर्दैछन् भन्नेबारे सर्बत्र चासाे छ । तर प्रचण्डको सचिवालयका अनुसार उनले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।

आज शनिबार प्रचण्डले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नाड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन्। उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यसूची छ। उनले भोलि आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। अध्यक्ष प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका दाहाललाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए। भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जानकारी दिएका छन्।

दाहालले शुक्रबार नै चौथाइवालेसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट गरेका छन्। नेपाली राजदूतावासमा विभिन्न संघ संस्थाका प्रतिनिधिपछि उनी त्यहाँ आयोजित रात्रिभोजमा सहभागी भएका थिए। तीन दिने नेपाल भ्रमण सकेर प्रचण्ड आइतबार स्वेदश फर्किदैछन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.