आन्तरिक कमजोरीले कम सिट जितियो : माओवादीको निष्कर्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधवार बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकमा निकालिएको बताए । ‘मूलभूत रुपमा गठबन्धन सफल नै भयो भन्ने नै निष्कर्ष बैठकको रह्यो’ आचार्यले भने, ‘१५० भन्दा बढी पालिकामा जित्नुपर्थ्यो । तर हाम्रो आन्तरिक पार्टी संगठनको कमजोरीका कारणले कम आयो ।’
चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने आचार्यले बताए ।