धनगढी । कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन्।
डगौरा ९ हजार ६४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए। यस्तै उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन्।
शाहले ७ हजार ९५५ मत पाउँदा नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन्। २०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए।