धनगढीमा गठबन्धनका उम्मेदवारभन्दा गाेपी दोब्बर बढी मतले अगाडी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता कायम राखेका छन्। जारी मतगणनाको पछिल्लो परिणामअनुसार हमालले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडसँग दोब्बर बढी मतले अग्रता लिएका छन्।

हमालले ७ हजार ८१६ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार वडले ३ हजार ८७१ मत ल्याएका छन्। हमाल वडभन्दा ३ हजार ९४५ मतले अगाडि छन्। मेयर पदमा अर्का प्रत्यासी नेकपा एमालेका उम्मेदवार रणबहादु चन्दले भने १ हजार ९२१ मत ल्याएका छन्।

उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्‍ति  अधिकारी क्षेत्री अगाडि छन्। माओवादीकी अधिकारीले ३ हजार ४१६ मत ल्याउँदा नेकपा एमालेकी उम्मेदवार कन्द्कला कुमारी रानाले ३ हजार ३०७ मत ल्याएकी छन्। उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ९०० मत ल्याएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.